बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृषि क्षेत्रमा लगानी बढाउँदै शिवालय बचत तथा ऋण सहकारी

शुक्रबार, २८ कात्तिक २०७७, १३ : २३
शुक्रबार, २८ कात्तिक २०७७

नुवाकोट । ककनी गाउँपालिका वडा नं. २ मा कार्यालय रहि ककनी गाउँपालिकाभर कार्यक्षेत्र भएको शिवालय बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा गरेको छ । 

कोरोनाभाइरस (कोभिड—१९) माहामारिका कारण र सहकारी विभागको निर्देशन बमोजिम संथाले १४औं बार्षिक साधारण सभा कार्तिक २६ गते संस्थाको संचालक समिति र अन्य समितिको सिमित सदस्यहरुको बीचमा कार्यक्रमको सुरु गरेको छ ।

बार्षिक प्रतिवेदन तथा संस्थाको सम्क्षिप्त जानकारी पुस्तिका विमोचना गरि उद्घाटन गरिएको गरिएको कार्यक्रममा बार्षिक साधारण सभाको कार्यक्रम टोल टोलमा सिमित शेयर सदस्यहरुको भेला आयोजना गरि प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरी मंसिर ६ गते समापन गर्ने संस्थाले जनाएको छ । 

कार्यक्रममा ककनी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष केदार पौडेलले देशको मुख्य आर्थिक खम्बाहरु मध्य सहकारी क्षेत्र रहेको तर राज्यको सहकारी क्षेत्रमा गरिने अनुगमन तथा सुपरिवेक्षण कमजोर रहेका कारण सहकारी संस्थाहरुमा दिनानु दिन आर्थिक अपचलनका घटनाहरु बड्दै गएको परिप्रेक्षमा शिवालय सहकारीको आन्तरिक तथा आर्थिक पक्ष राम्रो रहेकोमा प्रशंसा गरे । 

संस्थाका अध्यक्ष उत्तम घिमिरेले संस्थाको कारोवार उच्च रुपमा वुद्वि भएकोमा सम्पूर्ण शेयर सदस्यहरुले निभाउनु भएको भुमिका प्रति उच्च सम्मान गर्दै संस्थामा रहनु भएको पदाधिकारी शेयर सदस्यहरुलाई संस्थाको विनियम तथा निर्देशिकाहरुको अधिनमा रहि आफ्नो काम कर्तव्य प्रति विमुख नभई तोकिएको अधिकारको प्रयोग गर्न अग्रह गरे । संस्थाको आ.व. ०७७÷०७८ मा संस्थाको आर्थिक कारोबार ५ करोड माथि जाने हुँदा संस्थालाई प्रविधी मैत्री बनाउनु पर्ने कुरामा उनको जोड थियो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्तोष पुडासैनीले संस्थाको आ.व. ०७६/०७७ मा ३ करोड ६८ लाख ५८ हजार ८ सय ५९ रुपयाँको कारोबार गरि ४ लाख ७२ हजार ३ सय ५७ रुपयाँ मुनाफा आर्जन भएको जानकारी दिए । कोभिड १९ का कारण विश्वको अर्थतन्त्र नै खराब हुँदै गएको परिवेशमा यसको असर घरघरसम्म पुगेकोले शेयर सदस्यहरुलाई संस्थाले कर्जामा ब्याज छुटको तथा सहुलियतपूर्ण कर्जा लगानीको योजना ल्याएकोले यस परिस्थितिमा नआत्तिई यसलाई अवसरको रुपमा लिन आग्रह गरे । 

ककनी गाउँपालिका भित्र रहेको शेयर सदस्यहरुको प्रमुख पेशाको रुपमा कृषि रहेकोले संस्थाको प्रमुख लगानी कृषि क्षेत्रमा भएको कारण आगामी बर्षहरुमा कृषिको विभिन्न तालिमहरु संचालन गरी नमूना कृषि फार्महरुमा सदस्यहरुलाई भ्रमणको ब्यवस्था मिलाउने प्रतिबद्वता संस्थाले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप