शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनीराइड शोरुम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन बीच सम्झौता

शुक्रबार, २८ कात्तिक २०७७, २० : ०३
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । जगदम्बा मोटर्सअन्तर्गत को युनीराइड अटोले टीभीएस ब्राण्डका बाइक तथा स्कुटर बिक्री बितरण गर्दै आएको छ ।

अटोले आज द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनसँग सम्झौता गरेको छ । सम्झौतामा युनीराइडका संचालक निर्मल सिग्देल र द बर्गर हाउसका संचालनक बसन्त लामा बीच हस्ताक्षर भएको छ ।

सम्झौता बमोजिम अब टीभीएसका बाइक तथा स्कुटर द बर्गर हाउसका कर्मचारीका लागि विशेष छुटमा प्रदान गरिने छ ।  

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका देशभर ६० भन्दा बढी शाखा र १५०० बढी कर्मचारी कार्यरत छन् । कर्मचारीका लागि सहज र सुलभ होस् भनेर युनीराइडसँग सम्झौता गरेको द बर्गर हाउसका संचालक लामाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप