शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसुवागढी नाकाबाट चिनियाँ महिला पक्राउ

बिहीबार, ०५ असोज २०७४, ०९ : ४९
बिहीबार, ०५ असोज २०७४

रसुवा - अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् । 

उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो । 

आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिए ।

सो डलर रु ५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप