शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलको असन्तुष्टिका बीच इटहरीको बजेट एक अर्ब ३१ करोड

बिहीबार, ०५ असोज २०७४, १० : ४१
बिहीबार, ०५ असोज २०७४

इटहरी – इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४–७५ का लागि एक अर्व ३१ करोड १७ लाख २५ हजार रूपैयाको बजेट सार्वजनीक गरेको छ । 
प्रथम नगर परिषद् बैठकमा इटहरी उप–महानगरका मेयर द्वारिकलाल चौधरीले बजेट सार्वजनिक गरेका हुन् । बजेट सार्वजनीक गर्दै मेयर चौधरीले इटहरीको बिकास साथै बिभिन्न शिर्षकलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन । 
बजेट प्रस्तुत संगै इटहरीको चौतर्फी सडक बिस्तार तथा कालोपत्रे, नौ वटा आकाशे पुलको सम्भाव्यता अध्ययन, तरहराको जनसहयोग कलेज स्तरोन्नती, जनता बहुमुखी क्याम्पसमा इन्जिनियरिङ विषयको पढाई सञ्चालन गर्ने जस्ता बिषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताइएको छ । साथै नगरको विकासको लागि पाँच वर्षे, १५ वर्षे र २५ वर्षे तथा गूरु योजना बनाउन पनि ३० लाख रुपैयाँ विनियोजन गरीएको छ । त्यस्तै जल उत्पन्न प्रकोप व्यवस्थापन र विपद् व्यवस्थापन तथा सुरक्षित मातृत्वका लागि प्रसुती सेवा केन्द्रका लागि ६५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै प्रथम नगर परिषदलाई सम्बोधन गर्दै मेयर चौधरीले वित्तीय समानीकरण अनुदानमार्फत ४३ करोड ८० लाख ११ हजार र शिक्षा तथा स्वास्थ्यको विषयगत कार्यालयहरुका लागि सशर्त अनुदान अन्तरगत १५ करोड ८१ लाख ७५ हजार रुपैयाँ गरी ५९ करोड ६१ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने बताए । समाजिक सुरक्षा भत्ता बापत १८ करोड १७ लाख, आन्तरिक राजस्व तर्फ १५ करोड २५ लाख, जिल्ला समन्वय समितिबाट प्राकृतिक श्रोत, साधान तथा रजिष्ट्रेसन शुल्कबाट २ करोड ७० लाख, जन सहभागिताबाट २ करोड आम्दानी हुने अुनमान गरिएको प्रमुख चौधरीले बजेट मार्फत प्रस्तुत गरेका छन ।
यता इटहरी उपमहानगरपालिले आर्थिक बर्षका लागि निर्माण गरेको बजेट नीति तथा कार्यक्रमका विषयमा वाईपास गरेको भन्दै राजनितिक दलहरुले बजेट प्रति असन्तुष्टी जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप