शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोयाममा उठ्नेबित्तिकै  पिउनुहोस् यी ५ डिटक्स वाटर, पेटको बोसो हुनेछ गायब

सोमबार, ०१ मङ्सिर २०७७, ०६ : ३४
सोमबार, ०१ मङ्सिर २०७७

जाडोयाममा खानपिनमा थुप्रै विकल्प उपलब्ध हुन्छन् जुन स्वास्थ्यका लागि फाइदाजनक पनि छन् । तर जाडोयाममा धेरै खाइने भएकोले हामी आफ्नो बढ्दै गरेको तौलमा ध्यान दिँदैनौं । त्यसैले हाम्रो शरीरको तौल गर्मीको तुलनामा तीब्र रुपमा बढ्छ । यदि तपाईं जाडोयाममा आफ्नो तौल कम राख्न चाहनुहुन्छ भने कहिले पनि स्वस्थ जीवनशैली अपनाउन नबिर्सिनुहोस् । बिहान पिउने पेय पदार्थले हाम्रो तौलमा ठूलो असर पार्छ त्यसैले बिहान हामीले के पिउँछौं त्यसमा विशेष ध्यान दिन आवश्यक छ । यदि हामी बिहान स्वस्थ पेय पदार्थ पिउँछौं भने यसले हाम्रो पूरा शरीरलाई डिटक्स गर्न मद्दत गर्छ । यस्तै, यदि तपाईं बिहानै चिनी वा क्याफिन धेरै सेवन गर्नुहुन्छ भने यसले पक्कै पनि हाम्रो तौलमा असर गर्छ । आज हामी तपाईंलाई केही यस्ता डिटक्स वाटरबारे जानकारी दिँदैछौं जसले हाम्रो बढेको तौललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

जीरा पानीः

जाडोयाममा तपाईंका लागि जिरा पानी असाध्यै राम्रो डिटक्स वाटर हुनसक्छ । जिरा पानी तयार गर्नका लागि १ गिलास पानीमा २ चम्चा जिरा राखेर रातभरी छोडिदिनुहोस् । बिहान यो पानीलाई छान्नुहोस् र यो पानीमा एक चम्चा कागतीको रस मिसाउनुहोस् । बिहान खाली पेटमा यो पानी पिउँदा तपाईंको पूरा शरीर डिटक्स हुन्छ । यसले तपाईंको शरीरको तौल कम गर्न निकै मद्दत गर्छ ।

धनियाँ डिटक्स वाटरः

थाइरोयडद्वारा ग्रसित मानिसहरुका लागि धनियाँको पानी निकै फाइदाजनक हुन्छ । अन्यले पनि चिसो मौसममा धनियाँको पानी पिउनसक्नुहुन्छ । यसका लागि तीन कम तातो पानी लिनुहोस् । यसमा तीन चम्चा धनियाँ मिसाउनुहोस् । यो पानीलाई रातभरी छोड्नुहोस् । बिहान पानी छानेर हल्का तताउनुहोस् र खाली पेटमा पिउनुहोस् । यो पानीले तपाईंको तौल निकै तीब्र रुपमा घटाउँछ । यसका साथै यदि तपाईं थायरोयडको बिरामी हुनुहुन्छ भने यसले थायरोइड नियन्त्रण गर्न पनि तपाईंलाई मद्दत गर्नसक्छ । वास्तवमा धनियामा आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, के र फोलिक एसिडसहित थुप्रै यस्ता तत्व छन् जुन शरीरका लागि निकै फाइदाजनक छन् ।

तुलसी र स्ट्रबेरीको पातबाट तयार गर्नुहोस् डिटक्स वाटरः

तुलसीको पातलाई जाडोयाममा सेवन गर्दा रुघाखोकीको समस्याबाट जोगाउँछ । यो डिटक्स वाटर तयार गर्नका लागि एक गिलास पानी लिनुहोस् ।  यसमा तुलसी र स्ट्रबेरीका केही पात हाल्नुहोस् । यो पानीलाई केही बेरका लागि यत्तिकै छोडिदिनुहोस् । करिब एक दुई घण्टापछि यो पानी पिउनुहोस् । यो पानीले तपाईको तौल घटाउनमा मद्दत गर्नेछ । स्ट्रबेरीको पातमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र पोटासियमजस्ता थुप्रै पोषकतत्व पाइन्छ । यस्तै तुलसीको पातमा पनि भिटामिन ए, के आइरन, क्याल्सियम, म्यागनिजलगायतका तत्व भरपुर मात्रामा पाइन्छ । जसले तपाईंको तौल कम गर्न मद्दत गर्छ ।

अदुवा र पुदिनाको पातले तयार गर्नुहोस् डिटक्स वाटरः

जाडोयाममा अदुवा तपाईंका लागि निकै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन र मिनरल्सले चिसो मौसममा हुने समस्याबाट छुटकारा दिन मद्दत गर्छ । यो डिटक्स वाटर तयार गर्नका लागि १.५ गिलास ताजा पानीमा अदुवाको एउटा टुक्रा हाल्नुहोस् । यसमा पुदिनाको केही पात हालेर केही घण्टाका लागि छोड्नुहोस् । पछि यो पानी पिउनुहोस्, यदि पानी धेरै नै चिसो छ भने हल्का मनतातो पारेर पिउन सक्नुहुन्छ । यो तपाईंका लागि निकै असरदार हुन्छ ।

ग्रीन टी र कागतीः

ग्रीन टी तौल कम गर्न निकै असरदार हुन्छ । यसमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्ट जसले जाडोयाममा हुने समस्याबाट जोगाउँछ । यस्तै कागतीमा बोसो कम गर्ने क्षमता हुन्छ । ग्रीन टी र कागतीबाट तयार गरिएको डिटक्स वाटरले तीब्र रुपमा घटाउन मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप