शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री यादवको वडामा फोरम बिजयी

बिहीबार, ०५ असोज २०७४, १२ : ०२
बिहीबार, ०५ असोज २०७४

धनुषा–सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादवको वडामा संघीय समाजवादी फोरम बिजयी भएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नं.३ मा तेजकुमार यादव(हिरा यादव) ७२८ मत ल्याएर प्यालनसहित बिजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्दी नेपाली काँगे्रसका महानन्द यादवले ३८८ मत ल्याएका छन् । यसअघि वडा नं.१ मा स्वतन्त्र उम्मेदवार दिलीप यादव र वडा नं.२ मा संघीय समाजवादी फोरमका उम्मेदवार गणेश यादव बिजयी भैसकेका छन् ।
लक्ष्मीनियाको वडा नं.३ मन्त्री यादवका घर भएको स्थान हो । यस गाउँपालिकाको अध्यक्षमा पनि फोरमले अग्रता लिरहेको छ । फोरम अध्यक्षले १९९५ मत ल्याउँदा कांगे्रसले ९२२ मत पाएर पछ्याईरहेको छ । स्वतन्त्र उम्मेदवारले ८३५ र एमालेको ७७९मत आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप