नेपाल-भारत सीमाबाट चरेससहित दुईजना पक्राउ
प्रहरीले नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले रातोपाटीलाई जानकारी दिए ।
‘वीरगञ्ज महनगरपालिका–१६ स्थित नेपाल भारत सीमाको मितेरी पुल नजिकै सडकमा हिँडिरहेको अवस्थामा उनीहरुले खुट्टामा लुकाएर चरेस भारत लैजान खोजेका थिए,’ इन्सपेक्टर पुरीले भने, ‘पटेलको साथबाट २ केजी ४५० ग्राम र श्रीवास्तवको साथबाट २ केजी ४५० ग्राम चरेस फेला परेको हो ।’
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल