बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन विश्व सम्मेलनका लागि  युरोप र एसिया संयोजकमा उम्मेदवारी घोषणा

बिहीबार, ०५ असोज २०७४, १२ : ५७
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि स्वीटजरल्याण्डमा रहेका डा. विनय श्रेष्ठले  युरोप संयोजक र गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द)ले जापानबाट  एसिया प्यासिफिक संयोजकमा  उम्मदेवारीको घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष  डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् । एसिया संयोजकमा उम्मेदवारी घोषणा गरेका रोविन्द  एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहेका थिए । 
युरोप संयोजकमा उम्मेदवारी दिएका श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् ।  श्रेष्ठ स्वीटजरल्याण्डको जुरिचस्थित क्यान्सर अस्पतालमा कार्यरत छन् । हङकङबाट व्यवसाय शुरु गरि हाल जापानमा रहेका रोविन्दले रेष्टुरेन्ट व्यवसायलाई निरन्तरता दिएका छन् ।  
 क्यान्सर रोगबारे आफ्नो विशेषज्ञताबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पु–याउने श्रेष्ठले आफ्नो प्रतिबद्धतामा जनाएका छन् ।  
‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएनए अभियान मार्फत देशमा लगानी गर्ने वातावरण निमार्ण गर्नेछु’ एसिया प्यासिफिक संयोजकका उम्मेदवार रोविन्दले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप