बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिउँसो १ः२५ को अपडेटः यस्तो छ  महानगर र उपमहानगरको पछिल्लो मतपरिणाम

बिहीबार, ०५ असोज २०७४, १३ : ३३
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा मत गणना सुरु भएको तेस्रो दिनसम्म झण्डै १० हजारमत मात्र गनिएको छ । 

झण्डै ८५ हजार मत झरेको यो महानगरमा यहि गतिमा मत गन्दा अन्तिम परिणाम आउन तीन साता भन्दा बढि समय लाग्ने देखिएको छ । 

यो महानगरमा मतगणनाका क्रममा कांग्रेस र राजपा उम्मेदवारबीच कडा प्रतिश्पर्धा हुदै आएको छ । कहिले कांग्रेस उम्मेदवार अघि र कहिले राजपा उम्मेदवार अघि आउँदा परिणाम रोचक बन्दै गएको छ । 
 

वीरगञ्जमा रोचक भीडन्त
सुरुमा अघि लागेको कांग्रेसलाई बुधबार दिनभर उछिनेको राजपाले बिहीबार फेरि नेपाली कांग्रेसले नै अग्रता लिएको छ ११७२१ मत गनिसक्दा मेयर र उपमेयर दुवै पदमा कांग्रेस अघि बढेको छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । बिहीबार १२ बजे सार्वजनिक गरीएको मतपरिणाममा राजपालाई पछि पार्दै नेपाली काग्रेसले अग्रता बढाएको हो ।
 

नेपाली काग्रेसका मेयरमा अजय द्धिवेदीले २६०४ मत पाउदा  उपमेयरकी उम्मेदवार शान्ति कार्कीले २०८० प्राप्त गरेकी छन् । त्यस्तै राजपाका मेयरका उम्मेद्वार राजेशमान सिंहले २५५८ र उपमेयरकी उम्मेदवार रम्भा मिश्राले २३४८मत प्राप्त गरेकी छन् । संघीय समाजवादी फोरम नेपालका उम्मेदवारविजय सरावगीले अहिलेसम्म १७५०  र उपमेयरकी उम्मेदवारपिंकी यादवले १७१४मत ल्याएकी छन् । 

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार रहबर अन्सारीले  १४२८ र उपमेयरकी उम्मेदवार दुर्गा क्षेत्रीको १०१२मत आएको छ । एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीको १२४० र उपमेयरकी उम्मेदवार सोफिया आचार्यको १४६३ मत आएको । 

नेपाल लोकतान्त्रिक फोरमको मेयरका उम्मेदवार विमल श्रीवास्तवले अहिले सम्म७८८ मत र  उपमेयरकी उम्मे्दवार रिंकी यादवले ६३८ मत प्राप्त गरेकी छन् । एक लाख आठ हजार पाच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा ८४ हजार तीन सय ६३ मत खसेको थियो।  वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ , ३ , ४ , ५ , २८ , २९ ३०, ३१ र ३२ मा मतगणनामा भइरहेको छ ।

बारामा एमाले फोरम र माओवादीसँग भिँड्दै 
बाराका दुई उपमहानगरमा बिहिबार मध्यान्हसम्म एमालेले अग्रता कायमै राखेको छ । कलैया उपमहानगरमा एमाले र संघीय समाजवादी फोरमबीच प्रतिष्पर्धा देखिएको छ भने जीतरपुर–सिमरा उपमहानगरपालिकामा एमाले– माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा छ ।

कलैयामा एमालेले १ हजार ८ सय ३ मत ल्याउँदा संघीय समाजवादी फोरमले १ हजार ६ सय ८५ ल्याएको छ । त्यस्तै कांग्रेसले १ हजार २ सय ४१ मत ल्याएको छ ।

त्यस्तै जीतरपुर– सिमरामा एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका कृष्ण पौडेलले ५३५० मत प्राप्त गर्दा माओवादी केन्द्रका राजन पौडेलले ४११०मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका कृष्णव्रत सिंहले ३५३४ मत ल्याएका छन् । १६ जना मेयरका प्रत्यासी रहेको त्यस उपमहानगरमा ५६ हजार ६ सय ६० मतदाता रहेका छन् ।
 

जनकपुरमा कांग्रेस र राजपाको टक्कर
२ नम्वर प्रदेशको पुरानो उपमहानगरपालिका जनकपुरको मेयर र उपमेयरमा कांग्रेस र राजपा नेपालबीच टक्कर पर्ने देखिएको छ ।
 पछिल्लो परिणामअनुसार राजपाका मेयरका उम्मेदवारले ५०४६ मत ल्याउदा कांग्रेसले १७४० मत मात्र पाएको छ ।
 तेस्रो स्थानमा रहेको एमालेले ५०५ मत मात्र ल्याएको छ । माओवादी केन्द्रले १७९ मत ल्याएको छ । धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ५ स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ ।
 जसमा एमाले २, कांग्रेस २ र राजपा नेपालले १ स्थानीय तहमा विजयी हासिल गरेका छन् । धनुषामा जनकपुर उपमहानगरसहित ११ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप