बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा उद्धारकार्य जारी

बिहीबार, ०५ असोज २०७४, १४ : ११
बिहीबार, ०५ असोज २०७४

मेक्सिको सिटी - मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकाहरुलाई जिवीतै उद्धार गर्ने कोशिस जारी रहेको बताइएको छ । 

उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाहरुको जिवीतै उद्धारगर्ने कोशिसमा कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ । 

मेक्सिको सहरको दक्षिणी भागमा अवस्थित एक विद्यालयमा यस भूकम्पमा परी २१ बालबालिकाको मृत्यु भएको छ । ती बालबालिकामा सात देखि १३ बर्षसम्मका रहेका छन् । 

अझै पनि कैयौँ बालबालिका बेपत्ता रहेका छन् । भूकम्प गएको २४ घण्टापछि अर्थात बुधबार अपराह्नसम्म पनि ती बालबालिकालाई जिवीतै उद्धार गर्ने प्रयास गरिएको बालबालिकाका अभिभावकले जनाएका छन् । 

उनीहरु आफै पनि रोइकराई गर्दै आफ्ना बालबालिकाको उद्धारमा लागिपरेका छन् । तर प्रहरीले भने अब ती बालबालिकालाई जिवीतै बाहिर निकाल्ने काम अत्यन्तै गाह्रो भएको बताएका छन् । 

मेक्सिकोमा गत मङ्गलबार गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । 

यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ । 

भूकम्पपछि कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । 

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो । 

मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप