शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

बुधबार, ०७ असार २०७४, १४ : ३९
बुधबार, ०७ असार २०७४

काठमाडौँ -राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाएका छन् । 

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताए । 

अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उनीहरुले सकारात्मक जवाफ दिनुभएको बताए । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप