बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१७ वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक : निर्वाचन आयोग

बिहीबार, ०५ असोज २०७४, ०६ : ००
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते  निर्वाचन सम्पन्न भएका स्थानीय तह मध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक  भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपरान्ह १ बजेसम्म प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ६ स्थानीय तहमा, नेकपा एमाले ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम २ – २ स्थानीय तह र राष्ट्रिय जनता पार्टी नेपाल एक स्थानीय तहमा विजयी भएका छन् । यसैगरी, हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ ।

मतगणना कार्यलाई शीघ्रताका साथ सम्पन्न गर्नका लागि हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको छ । त्यस्तै, राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजबिराज नगरपालिका वडा नम्वर १५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप