शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को पहिलो महिला मेयर रीना कुमारी साह

बिहीबार, ०५ असोज २०७४, १५ : १२
बिहीबार, ०५ असोज २०७४

राैतहट– प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् । 
 साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । 
निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछि पार्दै साह विजयी भएकी  हुन् । 
साहले ३९३३ मत प्राप्त गरी मौलापुर नगरपालिकाको मेयर पदमा विजय प्राप्त गर्दा उनका  निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत प्राप्त गरे । 
त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरे ।  जयसवालले ३८९६ मत प्राप्त गर्दा उनका  निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत  प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप