बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ स्थान जित्दै एमालेलाई उछिन्यो माओवादीले

बिहीबार, ०५ असोज २०७४, १५ : ४६
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ । 
बिहीबार दिउँसो ३ः४५ बजेको अपडेटअनुसार सवैभन्दा अगाडी कांग्रेस ८ स्थान र दोस्रोमा माओवादी केन्द्रले ५ स्थान ल्याउन सफल भएको छ । ४ स्थान जितेको एमाले तेस्रो बनेको छ ।
अहिलेसम्म कांग्रेसले धनुषाका २,  सप्तरीका २, सिराहामा २ र बारा रौतहटमा एकएक स्थान जितेको छ  ।
 त्यस्तै माओवादी केन्द्रले सिराहा ३ र पर्सा र रौतहटमा एकएक सथान जितेको छ । एमालेले भने धनुषाका २ सथान तथा पर्सा र सप्तरीमा एकएक स्थान जितेको छ । त्यस्तै राजपा ३, संघीय समाजवादी फोरम २ र फोरम लोकतान्त्रिकले २ स्थानमा जितेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप