कुचोको मूल्यमा दोब्बरले कमी
इलाम । मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् ।
मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न ९फोहर सफा गर्न० प्रयोग गरिने कुचो किसानले आफै घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् ।
बजारमा प्रयोगकर्ताले सोझै किन्ने भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । तर बजारमा बिक्री गर्दा कम मूल्य पाउने गरेको रोङ गाउँपालिका–६ का दीपक प्रधानले बताए । प्रधानका अनुसार अहिले कुचो झापाको धुलाबारीमा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको भए पनि किसानले बाटेर लैजाँदा एउटा कुचोको रु ३० मा पर्छ । एक किलोको छवटा कुचो बनाउन सकिन्छ । गत वर्ष रु १०० प्रतिकिलोसम्ममा बिक्री भएकोे कुचो हाल प्रतिकिलो रु ४० सम्ममा किनबेच भइरहेको छ ।
कुचोलाई बाटेर आकर्षक बनाई भारतीय बजार, झापाका विभिन्न बजार तथा काठमाडौँसम्म पठाउने गरेको देव प्रधान बताउनुहुन्छ । जिल्लाका प्रायः सबै स्थानमा रोपिएको अम्रिसो पहिलापहिला घाँसको लागिमात्र प्रयोग हुने भएको भए पनि पछिल्लो समयमा फूलसमेत कुचोको रुपमा बिक्री हुने गरेको छ ।
अम्रिसोलाई घाँसको रुपमा खेती गर्ने गरेका मध्य पहाडको किसानलाई कुचोको मूल्यमा आएको कमीले प्रभाव नपर्ने भए पनि कुचोमा नै आश्रित बनेका इलामका किसान कुचोको मूल्यमा कमी आएपछि निराश बनेका छन् । प्रायः घर बढार्न सरसफाइ र निर्माणमा प्रयोग हुने कुचो स्वदेशमा मात्रै हैन भारत, बंगलादेशलगायत मुलुकमा समेत निर्यात हुने गरेको छ ।
जिल्लाको समाल्बुङ, जिर्मले, इरौँटार, कोल्बुङ, पञ्चकन्या, साकफारा, गोदक, मंगलबारेलगायत गाउँमा कुचो बनाइन्छ । इलाममा गत वर्ष ५१८९।४ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको थियो । अम्रिसोबाट कुल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा