शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुडमाण्डुको दशैं योजना

बिहीबार, ०५ असोज २०७४, १६ : ३७
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–फुडमाण्डुले दशैंको मौका पारेर विशेष छुट योजना सहितको ‘खाउँला, पिउँला फुडमाण्डुसँग रमाउँला’ योजना सुरु गरेको छ । यो योजना अन्तर्गत फुडमाण्डुका पार्टनर रेष्टुरेन्टबाट अर्डर गरिएका हरेक प्रकारका खानाको मेनु रेटमा १० देखी ३० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ । 
यो चाडवाडको याममा ग्राहकले आफूलाई मनपर्ने खानाका साथसाथै मदिरा एवं वाइन पनि फुडमाण्डु मार्फत् अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ । फुडमाण्डुले आफ्नो सेवामा थप गरेको यो नयाँ सेवा रहेको जनाएको छ । चाडवाडको मौसमलाई लक्षितगर्दै सीमित अवधिकालागि मदिरामा ८ प्रतिशत र बाइनमा १० प्रतिशत आकर्षक छुट समेत प्रदान गरिएको जनाइएको छ ।
फुडमाण्डुले ग्राहकलाई उनीहरुका साथीभाइ तथा परिवारजनसँग घरमै बसीबसी उत्कृष्ट रेष्टुरेन्टहरुबाट मनपर्ने स्वादिष्ट खानाका साथै त्यही समयमा आफ्नो रुची अनुसारको मदिरा एवं वाइन मगाउनलाई सुविधा होस् भनेर यो अफर संचालनमा ल्याएको जनाएको छ । फुडमाण्डु प्रालिका प्रबन्ध निर्देशक मनोहर अधिकारीले यो योजनाका कारण फुडमाण्डु र ग्राहकबीच सम्बन्ध अझ प्रगाढ बनाउन सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप