बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नहरमा एक व्यक्ति मृत अवस्थामा फेला

बिहीबार, ०५ असोज २०७४, १६ : ४२
बिहीबार, ०५ असोज २०७४

दाङ । दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरी फेला परेको लमही वडा प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पतालमा लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप