बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज– पाकिस्तानी प्रदर्शनकारीद्वारा अमेरिकी दूतावासमा आगजनी

शनिबार, ०६ मङ्सिर २०७७, ०९ : ५४
शनिबार, ०६ मङ्सिर २०७७

आज २१ नोभेम्बर, सन् १९७९ मा पाकिस्तानको राजधानी इस्लामावादमा प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमा आगो लगाएका थिए । मक्कास्थित मस्जिद अल हराममा अमेरिकाले बम खसालेको झुुठो आरोप इरानी नेता अयातोल्लाह खामेनीईले लगाएका थिए, रेडियोमार्फत उनको भाषण सुनेपछि आक्रोशित भीडले यो दुुर्घटना निम्त्याएको थियो । 

इस्लामावादमा दूतावास जल्दा दुुई अमेरिकी सैनिक, दुुई पाकिस्तानी कर्मचारी र दुुई प्रदर्शनकारीको मृत्यु भयो । ५ घण्टा ३० मिनेटसम्म लगातार आगलागी भएपछि बल्ल पाकिस्तानी सेनाले अवस्थालाई नियन्त्रणमा लिएको थियो, जतिबेला दूतावास पूर्णरुपले जलिसकेको थियो । 

पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गएका बेला यस्तो दुुर्घटनामा निम्तिएको थियो । पाकिस्तानले आणविक राष्ट्र बन्ने महत्वाकांक्षा नत्यागेका कारण अमेरिकाले उसलाई दिँदै आएको आर्थिक सहयोग अप्रिल १९७९ मा कटौती गरेको थियो । पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हकको नेतृत्वमा त्यहाँको सेनाले मानवअधिकार हनन भएको आरोप अमेरिकाको थियो ।  

इस्लामिक क्रान्तिको असर 
यतिबेला पाकिस्तानको छिमेकी देश ईरान इस्लामिक क्रान्ति सफल भएर संक्रमणकालबाट गुुज्रदैं थियो । अमेरिकासँग इरानको सम्बन्ध बिग्रन थालिसकेको थियो र यस घटना हुनभन्दा दुुई साताअघि आन्दोलनकारीहरुले तेहरानस्थित अमेरिकी दूतावास कब्जा गर्दै त्यहाँ कार्यरत ६६ जनालाई बन्दी बनाएका थिए । 

 यही क्रममा ईरानी सर्वोच्च नेता अयातोल्लाह खोमिनीईले मक्कास्थित मस्जिदमा  अमेरिकाले आक्रमण गरेको झुुठो आरोप लगाएका थिए । जसलाई अमेरिकी विदेश मन्त्रालयले अस्विकार गर्दै गैर–जिम्मेवार र झुठो प्रोपोगान्ड भनेको थियो ।  त्यस्तै, साउदी अरेबियाका अधिकारीहरुले पनि मक्काको घटना मुस्लिम अतिवादीहरुका कारण भएको र पश्चिमाहरुको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप