बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको गोलबजार : प्रचण्डसँग टक्कर गर्नेले आफ्नै वडा जोगाएनन्

बिहीबार, ०५ असोज २०७४, १७ : १४
बिहीबार, ०५ असोज २०७४

सिरहा– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ का निकटम प्रतिश्पर्धी एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ स्थानीय तहको निर्वाचनमा आफ्नै वडा समेत जोगाउन असफल रहे । 
आफ्नै घर रहेको गोेलबजार नगरपालिका ७ नम्वर वडा समेत नेकपा माओवादी केन्द्रले हात पारेपछि एमाले बृतमा यसैको चर्चा सुरु भएको छ । 
यो वडामा माओवादी केन्द्रका तर्र्फबाट वडा अध्यक्ष उम्मेदवार जगत श्रेष्ठ बिजयी भएका छन् । दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्षसँग तिव्र प्रतिस्पर्धामा रहेका कारण चर्चित बनेका श्रेष्ठले आफ्नै वडा समेत बचाउन नसकेपछि उनले ल्याएको मतको  विश्लेषण सुरु भएको छ । 
माओवादी केन्द्रबाट ७ नम्वर वडामा विजयी भएका जगत श्रेष्ठले ५४८ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी एमालेका हरिशरण ठाकुरले ४५५ मत प्राप्त गरेका थिए । 
गोलबजार नगारपालिकाका १३ वडामध्ये गणना भएका ७ मध्ये ६ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । ५ नम्वर वडामा भने नेपाली काग्रेस विजयी भएको छ । 
गोलबजार नगारपालिकामा पनि नेकपा माओवादी केन्द्रका अध्यदेवनाथ साह अग्रस्थानमा छन् । केन्द्रलाई नेकपा एमालेका श्याम कुमार श्रेष्ठले पछ्याई रहेका छन् ।    

    

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप