बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्यो एमाले

बिहीबार, ०५ असोज २०७४, १८ : ४४
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । नेकपा एमाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ । 

विहिबार बसेको पार्टी स्थायी समिति बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्ने निर्णय गरेको हो । 

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी रणनीति तय गर्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

सोही निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्न शुक्रबारबाट एमालेले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बहुमत ल्याउने गरी रणनीति तय गर्ने विषयमा केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गरिएको पनि सचिव ज्ञवालीले जानकारी दिए ।

एमाले स्थायी समिति बैठकले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा आफ्ना पार्टीका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै आपत्ति पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप