प्रदेश २ः तीस स्थानीय तहको नतिजा सार्वजनिकः काँग्रेस पहिलो, राजपा दोस्रो स्थानमा (सूचिसहित)
काठमाडौं– सोमबार सम्पन्न २ नम्बर प्रदेशको स्थानीय तहको परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ३० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
अन्तिम परिणाम आएको ३० स्थानीय तहमध्ये नेपाली कांग्रेस १० स्थानमा विजयी भई ३४ स्थानमा अग्रता कायम राखेको छ भने पछिल्लो निर्वाचनमा मात्रै भाग लिएको राजपाले नेपालले ६ स्थानमा जीत हासिल गरी दोस्रो स्थान कायम राखेको छ । राजपा गणना जारी रहेको १४ स्थानमा अगाडि रहेको छ ।
यस्तै, माओवादी केन्द्रले ५ स्थानमा जीत हासिल गर्दै मतगणना जारी रहेको १९ स्थानमा अग्रता लिइरहेको छ । चौंथो स्थानमा रहेको एमालेले ४ स्थानीय तहमा जीत र १३ स्थानमा अग्रता लिएको छ । अहिलेसम्म ३ स्थानीय तहमा विजयी भएको संघीय समाजवादी फोरमले भने गणना भइरहेको २४ स्थानमा अग्रता कायम राखेको छ ।
अर्को मधेसवादी दल नेपाल लोकतान्त्रिक फोरमले भने अहिलेसम्म दुई स्थानमा जीत हासिल गर्नुका साथै एक स्थानमा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै