शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीका एसपी माझी सम्मानित

बिहीबार, ०५ असोज २०७४, १८ : ५५
बिहीबार, ०५ असोज २०७४

मनोज भुजेल

इटहरी – छोटो समयमा जिल्लाको शान्ति सुरक्षामा उल्लेखिय परिवर्तन ल्याएको भन्दै सुनसरीका प्रहरी उपरिक्षकलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा एक महिना अघि मात्र हाजिर गरेका प्रहरी उपरिक्षक बिध्यानन्द माझीलाई वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले सम्मान गरेको हो ।

माझीले एक महिनाको अबधिमा जिल्लाको चोरी तस्करी, लागुऔषध नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षामा चमत्कारी भुमिका खेलेको भन्दै केन्द्रले एक कार्यक्रमका बिच सम्मान पत्रले सम्मानित गरेका छ । केन्द्रका अध्यक्ष टंक दाहाल र प्रमुख अतिथि पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले संयुक्त रुपमा उनलाई सम्मान गरिएको थियो ।

बिश्व शान्ति दिवसको अवसरमा केन्द्रले इटहरीमा आयोजना गरेको कार्यक्रममा माझीलाई सम्मान गर्नुको साथै इटहरी २ मा रहेको मुक्तिनारायण मन्दिरमा दुईसय बिरुवा बृक्षा रोपण समेत गरिएको छ । कार्यक्रममा नजिकिदै गरेको दसै तिहार र छैठको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप