शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा शुभारम्भ

बिहीबार, ०५ असोज २०७४, १९ : २३
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ – ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा आजदेखि शुभारम्भ गरेको छ ।

सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा, चुच्चेपाटि, काठमाडौँमा खोलिएको हो । हिम इलेक्ट्रोनिक्स प्रा.लिका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले २०७४ असोज ५ गते यो शोरुमको उद्घाटन गरेका थिए ।

यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कभर्ड टिभिएस, एइडि तिभिएस मोवाइल फोन, रेफ्रिजेरेटस लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ । काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हिम इलेक्ट्रोनिक्स प्रा.लिका निर्देशक सीमा गोल्छाले भने, ‘हामी बौद्ध–चुच्चेपाटीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै हर्षित भएका छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध–चुच्चेपाटीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’

नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप