शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षण र भत्ता वितरण

बिहीबार, ०५ असोज २०७४, १९ : ४०
बिहीबार, ०५ असोज २०७४

परासी– नवलपरासीको सुनवल नगरपालिकाका वृद्धहरुलाई आजदेखि निःशुल्क स्वास्थ्य परीक्षण र भत्ता वितरण कार्यक्रम सुरु गरिएको छ । 

विहीबार शुुरु गरिएको निःशुल्क स्वास्थ्य शिविर एवम् भत्ता वितरण कार्यक्रममा मेयर भीमबहादुर थापाले नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई घर घरमा स्वास्थ्य सेवा पु¥याउने गरेको प्रतिबद्धतालाई नगरसभाले पास गरेपश्चात पहिलो चरणमा शिविर सञ्चालन गरिएको मेयर भरत थापाले बताए ।

१३ वडा रहेको नगरपालिकामा २ हजार ५ सय ४५ जेष्ठ नागरिक छन् । विभिन्न वडाहरुमा पुगेर सञ्चालन गरिने स्वास्थ्य शिविर र भत्ता वितरण कार्यक्रम असोज १० गतेसम्म सञ्चालन हुने नगरपालिकाका वडासचिव दीपक तिवारीले बताए । ५ दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजका २ जना चिकित्सकसहित १८ जनाले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

जेष्ठ नागरिकसहित दलित, अपाङ्, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ७ सय रहेको नगरपालिकाका लेखापाल कृष्ण गौतम्ले बताए । दोस्रो चौमासिक अन्तरगत भत्ता वितरणका लागि कुल २ करोड ६५ लाख निकासा आएको गौतमले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप