शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा छिट्टै कर्मचारी खटाइने

बिहीबार, ०५ असोज २०७४, १९ : ५६
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ – स्थानीय तहका रिक्त स्थानमा छिट्टै कर्मचारी खटाइने भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङले आज यहाँ आयोजना गरेको आवधिक नगर विकास योजना तयारी परामर्श सुझाव एवम् अन्तरक्रिया गोष्ठीमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मन्त्रालयले पहिलो चरणमा स्थानीय तहमा कर्मचारी खटाउने काम गरेपछि मात्र अन्य विकास निर्माणको कामको थालनी गरिने बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिले विकासका लागि योजना निर्माण गर्दा महिला र बालबालिकामैत्री विकासमा जोड दिन तथा वृद्धभत्ता वितरण गर्दा बैङ्कमार्फत गर्न आग्रह गरे ।

रुपाकोट झरुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले जनताको इच्छालाई सम्बोधन गर्दै विकासका अवधारणालाई मूर्त रुप दिन र नगरपालिकालाई समुन्नत, शान्त र समृद्ध पार्न आफू प्रतिबद्ध रहने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप