शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुवाछुत प्रथाविरुद्ध सचेतना : बेलकोटगढीमा २ सय १३ परिवारको सामूहिक जमरा

बिहीबार, ०५ असोज २०७४, २० : ०४
बिहीबार, ०५ असोज २०७४

नुवाकोट – घटस्थापनाको अवसरमा बेलकोटगढीमा २ सय १३ परिवारले आज सामूहिक जमरा राखेका छन् ।  बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादशैंँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकामा यस वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए ।

‘ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छा’ पौडेलले भने, ‘यसको पूजाआराधना र जल पनि आलोपालो रुपमा चढाउने गरिएको छ ।’

नुवाकोटका नौ कोटमध्ये बेलकोट एक कोटका रुपमा मानिने गरिएको छ । मन्दिर पौराणिक र शक्तिपीठका रुपमा परिचित छ । बडादशैंमा काठमाडौं हनुमानढोकाको वैदिक विधिअनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ । 

सामूहिक जमराले गाउँमा छुवाछुत प्रथाविरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको निरन्जना मन्दिर संरक्षण समितिका अध्यक्ष कालीबहादुर तिवारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप