बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लव माओवादीका विद्यार्थी नेता गफाडी पार्टीको आरोप लगाउँदै माओवादी केन्द्रमा प्रवेश

बिहीबार, ०५ असोज २०७४, २० : ४४
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– नेकपा माओवादी विप्लब समुहका विद्यार्थी संगठनका नेता तथा गोरखा जिल्लाका अध्यक्ष  विकास भट्टराई नेकपा माओवादी केन्द्र प्रबेश गरेका छन् ।

 

प्रेस सेन्टर नेपाल, ललितपुरले  हिन्दुहरुको महान चाड दशैंको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा भट्टराईले नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । प्रवक्ता भुसालले भने, ‘देशैभरबाट धु्रविकरण हुनु जरुरी छ, अव परिवर्तन र स्थायित्वका लागि माओवादी केन्द्रमा आउनु पर्ने आवश्यकता रहेको औंल्याए ।

पार्टी प्रवेश पछि भट्टराईले भने, ‘विप्लवले माओवादी  क्रान्तिको नाउँमा जनतालाई भ्रम छरेको छ’केवल गफ गर्ने गफाडीको समुह बन्न पुगेको आरोप समेत उनले लगाए । गोरखा जिल्लाका सबै कार्यकर्ता माओवादी केन्द्रमा आउने समेत उनले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप