बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘परिवर्तनको यस्तो मोडमा लैजान्छौँ जुन अहिलेसम्म कसैले परिकल्पना गरेकै छैन’

ग्राउन्ड लेभलबाट आएको हुँ सबैको दुःख मेटाउने प्रयास गर्छु : किशोर प्रधान (अन्तरवार्ता)
सोमबार, ०८ मङ्सिर २०७७, १५ : २७
सोमबार, ०८ मङ्सिर २०७७

उद्योग वाणिज्य महासङ्घको यही मङ्सिर १३ मा हुने निर्वाचनले अध्यक्ष बाहेकको नयाँ कार्यसमति चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा छन् । प्रधान र ढकाल आफ्नो प्यानलसहित चुनावी माहोल आफ्नो पक्षमा बनाउन जुटिरहेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षका लागि मरिमेटेर लागेका छन् । चुनाव नजिकिएसँगै जितप्रतिको विश्वास, चुनावी एजेन्डा, सहमतिको सम्भावना लगायत विषयमा केन्द्रित रहेर रातोपाटीका लागि एलिजा उप्रेतीले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानसँग गरेको कुराकानीको अंश :

चुनाव नजिकिँदै छ, आफ्नो जितप्रति कतिको विश्वास बढ्दै गइरहेको छ ?

मेरो जित अर्थात हाम्रो प्यानलको जितप्रति २ सय प्रतिशत विश्वस्थ छु । किनभने म कर्म र कर्तव्यमा हिँडेको मान्छे हँु । हाम्रो नयाँ इतिहास कायम गर्ने लक्ष्य  छ । नेपालभरका सम्पूर्ण उद्योगी, व्यवसायीको हितका लागि अघि बढेर काम गर्छौं । परिवर्तनको एउटा यस्तो मोडमा लैजान्छौँ जसको कल्पना कसैले गरेको छैन । उद्योग वाणिज्य महासङ्घले मात्र होइन सम्पूर्ण जनताले चाहनुभएको सबल अर्थतन्त्र बनाउँछौँ ।  अर्थतन्त्र कसरी सबल, सशक्त हुन्छ, कसरी अघि बढ्छ भनेर चिन्तित हुनुहुन्छ । कुनै पनि बाधा विरोध नहुने गरी सरकारसँग हातेमालो गर्दै चित्त नबुझेको कुरामा मनाउँदै, बुझेका कुराको समर्थन गर्दै राम्रो नेपाल दिने प्रयासमा छौँ, जुन नेपालको परिकल्पना सम्पूर्ण नेपालीले गरेका छन् । 

सहमतिको सम्भावना अन्तिम क्षणसम्म हुनसक्छ । सहमति गराउने कार्य पूर्व अध्यक्षको इच्छा मात्र हो । सबै जिल्ला÷ नगर, वस्तुगत एसोसिएटको इच्छा हो । समग्र इच्छालाई परिपूर्ति गर्न निर्देशित दिशा पूर्व अध्यक्षहरुले बनाउनु हुन्छ । पूर्व अध्यक्षले बनाएको रूपरेखामा कुनै किसिमको रुकावट नहुने गरी मेरो उहाँलाई पूर्ण समर्थन हुन्छ ।

तपाईंले परिवर्तनको यस्तो मोडमा लैजान्छौँ जुन अहिलेसम्म कसैले परिकल्पना गरेकै छैन भन्नुभयो, तपाईं उद्योग वाणिज्य महासङ्घमा लामो समदेखि आबद्ध हुनुहुन्छ, यी कुरा यसअघि गर्ने पहल किन भएन, चुनाव जित्नकै लागि राम्रा सपना देखाउनु भएको हो ?

परिवर्तनका लागि नेतृत्वमा पुग्नु आवश्यक छ । किनभने नेतृत्वले नै परिवर्तन दिन सक्छ । परिवर्तनले संवाद र सम्भार गर्छ । एउटा आम मानिसको सन्देश सरकारसम्म पुग्दैन । व्यक्तिगत व्यवसायको सन्देश पनि सरकारसम्म पुग्दैन । जबसम्म नेतृत्वमा पुग्दैन तबसम्म दिशा निर्देश हुँदैन । आज चाइना, भारतको प्रगति किन भयो त्यहाँको नेतृत्वकै कारणले । विहारमा नितेश चिफ मिनिस्टर भएपछि यस्तो परिवर्तन ल्यायो अहिले भारतको दोस्रो ठूलो जीडीपीमा (कुल ग्रार्हस्थ उत्पादन) विहार पर्छ । परिवर्तन व्यक्तिले गर्न सक्तैन नेतृत्वले गर्ने हो, त्यसकारण परिवर्तनका लागि नेतृत्वको आवश्यक हुन्छ । म नेतृत्वमा पुगेपछि मैले माथि भनेको जस्तो परिवर्तन ल्याउन सम्भव हुन्छ । 

तपाईंको चुनावी एजेन्डा केके छन् ? 

अबको तीन वर्षको कार्यकाल शेखर गोल्छाजीको  कार्यकाल हो । गोल्जछाजीले निर्माण गरेको १० वर्षे कार्य योजना छ । जसमा हाम्रो योजना पनि समावेश छ । कार्यसमितिबाट अनुमोदन हुँदै जिल्ला, नगर र वस्तुगतका सम्पूर्ण सदस्यसँग त्यसको अनुमोदन गर्दै र पूर्व अध्यक्षलाई सहमतिमा राख्दै अहिलेको विज्ञ अर्थशास्त्रीबाट बनाएको एजेन्डा छन् । तिनैलाई प्राथमिकता दिन्छौँ किनभने हाम्रो सबै एजेन्डा त्यसमा पर्छन् । जस्तो कि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने योजना के हो  ? त्यसमा हामी स्पष्ट छौँ । जस्तै तत्कालीन मुद्दामा कृषि क्षेत्रलाई प्राथमिकीकरण गर्ने,  वन, क्षेत्रको भरपुर उपयोग गर्ने जसबाट आफ्नै देशमा भएका उत्पादनलाई बृहत् रूपमा व्यावसायीकरण गरेर परिचालन गर्ने र आयात प्रतिस्थापन गर्ने हो । मध्यमकालीन योजनामा कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्दै तुरुन्त सो क्षेत्रको विकासतर्फ लाग्ने हो । दीर्घकालीनमा पूर्वाधार विकास रेलमार्ग, पानीजहाज ड्राइपोर्ट, विशेष आर्थिक क्षेत्रको कुरा आएको छ । अन्य जति पनि अन्तर्राष्ट्रिय  विमानस्थलको कुरा आएको छ त्यसलाई सहकार्य गर्दै अर्थतन्त्रको विकास गर्ने दीर्घकालीन योजना छ । यो एजेन्डामा  ठूला अर्थशास्त्रीले देशको दोहोरो आर्थिक वृद्धिको परिकल्पना गरेका छन् । दोहोरो आर्थिक वृद्धिको योजनासहितको प्रस्ताव, योजना, कार्यान्वयनमा लैजाने उपायसहित  २ महिनाभित्र सरकार समक्ष लैजान्छौँ । 

चुनावको अन्तिम समयमा पनि दुई वरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई मिलाएर लैजाने अथवा सहमति हुनुपर्छ भनिँदै आएको छ, तपाईंहरु बीचको सहमतिको सम्भावना सकिएको हो ?

सहमतिको सम्भावना अन्तिम क्षणसम्म हुनसक्छ । सहमति गराउने कार्य पूर्व अध्यक्षको इच्छा मात्र हो । सबै जिल्ला÷ नगर, वस्तुगत एसोसिएटको इच्छा हो । समग्र इच्छालाई परिपूर्ति गर्न निर्देशित दिशा पूर्व अध्यक्षहरुले बनाउनु हुन्छ । पूर्व अध्यक्षले बनाएको रूपरेखामा कुनै किसिमको रुकावट नहुने गरी मेरो उहाँलाई पूर्ण समर्थन हुन्छ । कि महासङ्घलाई सुदृढीकरण र सशक्तीकण बनाउनका लागि कुनै पनि इस्युमा सम्झौता गर्नुपर्ने वातावरण सिर्जना भयो भने हामी दुवै जना मिलेर त्यसलाई सहकार्य गरेर समाधान निकाल्ने हो । 

दुई वर्ष जिल्ला, नगर उपाध्यक्षको रूपमा उहाँलाई साथ दिए । महासङ्घ अध्यक्ष प्रणालीमा छ । उहाँको कार्यकालमा मैले पूर्ण रूपमा सहयोग गरेँ । उहाँबाट म सन्तुष्ट छु । नेपालको  इतिहासमा पहिलो महिला भएर जुन प्रकारको नेतृत्व दिन सफल हुनुभयो । उहाँले धेरै बाधा अड्चन खेप्नु परिरहेको छ । उहाँलाई जुन प्रकारले टर्चर गरिएको छ, त्यस्तो परिपाटीको विरोध हामीले गरेका हौँ । अध्यक्ष भनेको सम्मानित पद हो ।

अन्य बेला सहमतिको कुरा गर्नुहुन्छ, आफू त्यही स्थानमा आएपछि गुट, उपगुटतर्फ लाग्नुहुन्छ । तपाईंहरु भित्रको गुट, उपगुट किन मौलाउँदै गइरहेको छ ?

गुट, उपगुटका कुरा प्रजातान्त्रिक परपाटीमा एक किसिमाको वातावरण आउन सक्छ । किन आउँछ  भने नेतृत्वले आफ्नो पक्षको मान्छे खोज्छ । प्रधानमन्त्रीले सरकार चलाउँन आफ्ना अनुकूलका मन्त्री राख्छन्, राष्ट्रपतिले आफ्नो अनुकूलको उपराष्ट्रतिको चाहना गरेको हुन्छ । ताकि कुनै पनि एजेन्डा सहजै पास होस् । प्रजातान्त्रिक परिपाटीमा बहुधार हुनसक्ने सम्भावनालाई स्वाभाविक मान्नुपर्छ । यसको मतलव महासङ्घभित्र राजनीति छिर्यो भन्ने होइन । यो व्यावसायिक गुटबन्दी मात्र हो राजनीतिक होइन । हामीले जितिसकेपछि त्यही साथीसँग हाम्रो प्रेमभाव उत्तिकै हुन्छ । सम्पूर्ण कुरा मङ्सिर १३ गतेसम्म मात्र हो । जो जिते पनि हारे पनि १३ गतेपछि सदभाव प्रेम कायमै रहन्छ । गुट, उपगुट निर्वाचनको केही दिनको लागि मात्र हो । यसको इतितहास  हेर्नुभयो भने अरूबेला मिलिरहेकै हुन्छन्, खाली चुनावको बेला मात्र यस्तो हुन्छ । 

महासङ्घलाई तपाईं किन आवश्यक छ ?

मैले तपाईंलाई मेरो एजेन्डा यसअघि नै भनिसकेको छु । ती कार्यान्वयनमा लैजान मेरो जित अर्थात मेरो पूरै टिमको जित आवश्यक छ । व्यक्ति म होइन मेरो  टिम हो ।  मेरो टिम भन्ने वित्तिकै शेखर गाल्छाको टिम हो । समग्र टिमलाई लिएर अगाडि बढ्छौँ । देशलाई विशाल आर्थिक परिवर्तनतर्फ लैजाने हाम्रो सोच छ । सबभन्दा ठूलो कुरा  देशमा अनियमितताको अन्त्य गर्न सरकारसँगै मिलेर हटाउँछौँ । जनताको नजरमा सरकारका कर्मचारी र व्यापारी दुवै दोषी छन् । सो दोष मुक्त गर्ने प्रयास मेरो हुन्छ । म ग्राउन्ड लेभलबाट आएको मान्छे हुँ । मैलै सबैको दुःख बुझेको छु । ती समस्या समाधान गर्न म महासङ्घमा आउनुपर्छ । 

वर्तमान अध्यक्षबाट तपाईंले कस्तो आश्वासन पाउनु भएको छ  ?

दुई वर्ष जिल्ला, नगर उपाध्यक्षको रूपमा उहाँलाई साथ दिए । महासङ्घ अध्यक्ष प्रणालीमा छ । उहाँको कार्यकालमा मैले पूर्ण रूपमा सहयोग गरेँ । उहाँबाट म सन्तुष्ट छु । नेपालको  इतिहासमा पहिलो महिला भएर जुन प्रकारको नेतृत्व दिन सफल हुनुभयो । उहाँले धेरै बाधा अड्चन खेप्नु परिरहेको छ । उहाँलाई जुन प्रकारले टर्चर गरिएको छ, त्यस्तो परिपाटीको विरोध हामीले गरेका हौँ । अध्यक्ष भनेको सम्मानित पद हो ।  अध्यक्षको कसैले दुव्र्यवहार गर्ने अधिकार छैन । मिडियामा उहाँको प्रचारबाजी गर्नुपर्ने आवश्यक छैन । अहिलेको अध्यक्ष असाध्यै नम्र हुनुहुन्छ । अहिले उहाँ सशक्त भएर आउनुभएको छ । त्यो परिपाटीको विरोध गरिरहनु भएको छ जुन परिपाटीले उहाँलाइ टर्चर गर्यो । उहाँले हाम्रो टिमलाई सक्षम देख्नुभएको छ  । 

तपाईंका प्रतिस्पर्धी पनि बलिया उम्मेदवार हुन्, उहाँलाई  कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

प्रतिस्पर्धी कुनै पनि हालतमा बलियो हुनहुन्न । उहाँको एउटा मात्र बलियो पक्ष भनेको उहाँको पैसाको पावर, प्रचार प्रसार बढी र राजनीति पावर मात्र हो । उहाँको ग्राउन्ड लेभलमा केही छैन । उहाँले जिल्लाको कुनै  दुःख बुझ्नु भएको छैन । उहाँले खाली एसोसिएटमा सात वर्ष  काम गर्नुभएको । एसोसियट भनेको हाई प्रोफाइलको कम्पनी हो । जुन मानिसले जिल्ला वस्तुगत मानिसको दुःख बुझेको हुँदैन, हाई प्रोफाइलको मात्र बुझेको हुन्छ, त्यसलाई कसरी बलियो मान्ने । उहाँको कुनै पनि आधार छैन । आधार बनाउने प्रक्रियामा उहाँलाई साथ दिने साथीलाई मेरो विनम्र अनुरोध छ । आधार भएको व्यत्तिलाई  निर्वाचित गराऔँ, माथिबाट टपक्क टिपेर नल्याऔँ । टपक्क टिपेर ल्याउँदा धेरै समस्या सामना गरिसक्यौँ । सबै पीडाबाट मुक्ति अवश्य पनि म दिलाउँनेछु । 
र, अन्त्यमा जिल्लानगर, वस्तुगत  एसोसिएटको अवस्था अहिले नाजुक छ । यस्तो अवस्थामा स्वार्थ नभई निःस्वार्थ रहने जसले कहिले पनि आफ्नो स्वार्थ देखेन त्यो म हो । मलाई एक पटक नेतृत्व गर्ने अवसर दिएर हेर्नुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप