एमाले थप्यो अर्को स्थानीय तह, नरहामा अध्यक्ष–उपाध्यक्ष दुवै एमाले
बिहीबार, ०५ असोज २०७४, २१ : ०८
सिरहा– सिरहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका रामशरण यादव १ हजार ६ सय ५६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामशोगारथ यादवले १ हजार ४ सय ७८ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी निर्वाचित भएकी छन् । उनले १ हजार ८ सय ५५ मत प्राप्त गरिन् । संघीय समाजवादी फोरमकी संजीलाकुमारी यादवले १ हजार ३ सय ३३ मत प्राप्त गरिन् ।
योसँगै एमालेले अहिलेसम्म एक नगरपालिकासहित पाँच स्थानीय तहमा जीत हासिल गरेको छ । सोमवार भएको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा एमाले अरु १२ स्थानमा अगाडि छ ।