शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिरोज लिएर अभिनेत्री पुर्णीमा अष्ट्रेलिया

बिहीबार, ०५ असोज २०७४, २१ : १३
बिहीबार, ०५ असोज २०७४

काठमाडौं – चलचित्र ‘हिरोज’ स्वदेश भन्दा पहिले अष्ट्रेलियाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शनका लागि नायिका तथा निर्माता पुर्णीमा लामा चलचित्र लिएर बिहिबार (आज) अष्ट्रेलिया उड्दै छिन् ।


अष्ट्रेलियाको बिभिन्न शहरमा चलचित्रको ६ सो भन्दा प्रदर्शन ब्यवस्था मिलेको पुर्णीमाले बताइन् । अष्ट्रेलिया पछि युरोपको केही शहरमा चलचित्र प्रदर्शन हुने बताउने उनी अष्ट्रेलिया पछि  युरोप यात्रा गर्ने छिन् । युरोपको पनि केही शहरमा चलचित्र प्रदर्शन पछि आफु स्वदेश फर्किने उनले सुनाइन् । 


‘हिरोज’को स्वदेश प्रदर्शन भने अहिलेतय गरिएको छैन । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमा र संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठलगायतको अभिनय रहेको छ । 


चलचित्रको केही पहिले ‘पग्लु–पग्लु’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । बलिउड फ्लेबर निर्माण गरिएको गीत दर्शकको मन जित्न सफल देखिएको छ । चलचित्रमा अभिनेत्री पुर्णिमाको निक्कै बोल्ड लुक्स पनि देख्न पाइन्छ ।


युवराज लामा, द पाल्म ग्रुप र संजोग राणा चलचित्रका निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप