हिरोज लिएर अभिनेत्री पुर्णीमा अष्ट्रेलिया
काठमाडौं – चलचित्र ‘हिरोज’ स्वदेश भन्दा पहिले अष्ट्रेलियाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शनका लागि नायिका तथा निर्माता पुर्णीमा लामा चलचित्र लिएर बिहिबार (आज) अष्ट्रेलिया उड्दै छिन् ।
अष्ट्रेलियाको बिभिन्न शहरमा चलचित्रको ६ सो भन्दा प्रदर्शन ब्यवस्था मिलेको पुर्णीमाले बताइन् । अष्ट्रेलिया पछि युरोपको केही शहरमा चलचित्र प्रदर्शन हुने बताउने उनी अष्ट्रेलिया पछि युरोप यात्रा गर्ने छिन् । युरोपको पनि केही शहरमा चलचित्र प्रदर्शन पछि आफु स्वदेश फर्किने उनले सुनाइन् ।
‘हिरोज’को स्वदेश प्रदर्शन भने अहिलेतय गरिएको छैन । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमा र संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठलगायतको अभिनय रहेको छ ।
चलचित्रको केही पहिले ‘पग्लु–पग्लु’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । बलिउड फ्लेबर निर्माण गरिएको गीत दर्शकको मन जित्न सफल देखिएको छ । चलचित्रमा अभिनेत्री पुर्णिमाको निक्कै बोल्ड लुक्स पनि देख्न पाइन्छ ।
युवराज लामा, द पाल्म ग्रुप र संजोग राणा चलचित्रका निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन