शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३५ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचिसहित)

बिहीबार, ०५ असोज २०७४, २२ : ३८
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– गत सोमवार निर्वाचन भएको २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये ३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये राजविराज नगरपालिका वडा नम्बर १५ को राजपा उम्मेदवारको निधनले स्थगित भएकाले राजविराजको गणना रोकिएको  छ ।

वडा नम्बर १५ मा विहीबार मतदान भएकाले अब एकै पटक गणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

बाँकी १ सय ३५ स्थानीय तह मध्ये ३५ स्थानीय तहको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसले ११ स्थानमा जीत हासिल गरेको छ ।

राजपा नेपालले अहिलेसम्म ७ स्थानीय तह जितेको छ भने नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले पाँच पाँच स्थानमा जीत हासिल गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले भने दुई स्थानमा मात्रै जीत हासिल गरेको छ । 


अन्तिम नतिजा आएको ३५ स्थानीय तहमा कस कसले जिते (सूचि हेर्नुहोस्)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप