बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको प्रश्न : गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ ?

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : १७
शुक्रबार, १२ मङ्सिर २०७७

 

काठमडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ भनेर सोच्नुपर्ने जिज्ञासा राखेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शुक्रबार भट्टराईले यस्तो जिज्ञास प्रकट गरेका हुन् ।

काठमाडौं, जनकपुर, पोखरा, धनगढी, विराटनगरलगायतका सहरमा 'राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, हिन्दु राज्य कायम गर र संघीयता खारेज गर'जस्ता संविधानका मूल विशेषतामाथि नै प्रश्न उठाउने गरी नाराबाजी भइरहेको छ ।

उनले पूर्व राजा र राजावादीहररुले राष्ट्रवादी भन्नु नसुहाउने तर्क पनि गरे ।

भट्टराईले लेखेका छन्, 'पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून् । उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचुन् ।'

उनले गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्ने बताए ।

'गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्छ,' भट्टराईको ट्वीटमा उल्लेख छ, 'यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्मा राजावादी, एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून् । चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप