बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५६ स्थानीय तहको नतिजा : दोस्रो स्थानको लागि घमासान, एमाले सुस्तायो (सूची)

शुक्रबार, ०६ असोज २०७४, ११ : ३१
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं । गत सोमवार निर्वाचन भएको २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये ५६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ स्थानमा जीत हासिल गरेको छ ।

दोस्रो स्थानमा माओवादी केन्द्रले ११ स्थानमा जित हासिल गरेको छ । राजपा नेपालले अहिलेसम्म ९ स्थानीय तह जितेको छ भने संघीय समाजवादी फोरम नेपालले ८ स्थानमा जीत हासिल गरेको छ । 

दुई चरणको स्थानीय तहमा पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म ६ वटा स्थानीय तह मात्र जित्न सकेको छ ।

नेपाल लोकतान्त्रिक फोरमले भने दुई स्थानमा मात्रै जीत हासिल गरेको छ भने नेपाल जनता दलले एक स्थानीय तह जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप