शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यति’सँग भिड्दै ‘द मंगोलियन हाट’

शुक्रबार, ०६ असोज २०७४, १२ : ५७
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार एक बंगाली सहित दुई चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् – ‘द मंगोलिनय हाट’ र ‘यति’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । राम्रो नेपाली चलचित्र प्रदर्शनमा नआएकोले गोपीकृष्ण भुभिजले बंगाली चलचित्र ‘यति’ प्रदशर््नमा ल्याएको हो । 

‘द मंगोलिनय हाट’ ः
आर.एल लामाको निर्देशनमा तयार भएको यो चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय छ । 
आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह–निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।  आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन छ ।
‘यति’ ः
यो नेपाली भाषामा डब गरिएको बंगाली चलचित्र हो । गोपिकृष्ण मुभिजले ल्याएको प्रजनजित चटर्जी स्टारर यो चलचित्र भारतको एसभीएफ इन्टरटेनमेन्टले निर्माण गरेको हो । सुनिल गंगोापाध्याको उपन्यास ’टेरर अन दी माउन्टेन पिक’मा आधारित यो यो चलचित्र एड्भेन्चर जनरामा राखिएको छ । रहस्यमय हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्ष चलचित्रको बिषयबस्तु हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप