बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्पेन पुगेका महानगरका मेयर शाक्यले के के गरे ?

शुक्रबार, ०६ असोज २०७४, १३ : ५७
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं– स्मार्ट सिटीको अध्ययनका लागि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य स्पेनको राजधानी म्याड्रिडको भ्रमणमा रहेका छन् । शाक्यको स्मार्ट सिटी अध्ययन भ्रमणका क्रममा काठमाडौं महानगरपालिका र स्पेनको म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य र स्पेनको राजधानी म्याड्रिडका प्रमुख मान्युला कारमेना वीच आपसी सहयोग आदान प्रदान गर्ने सहमति भएको छ ।  शाक्य र मान्युलावीच वुधवार आपसी हितमा सहयोगको आदानप्रदान गर्ने सहमती भएको थियो । 
महानगर प्रमुख शाक्यले काठमाडौं महानगरको पर्यटन प्रवद्र्धन, सार्वजनिक यातायात व्यवस्था सुधार र सम्पदा स्थलहरुको पुनर्निर्माण जस्ता विषयमा म्याड्रिड शहरसँग सहकार्यका लागि मान्यलासंग छलफल गरेका थिए ।
म्याड्रिडका प्रमुख मान्युला कारमेनाले काठमाडौं महानगरसँग सहकार्य गर्दै आगामी दिनमा दुई शहर वीचको सम्वन्धलाई थप मजबुत बनाइने बताइएकी थिईन् ।
स्पेन जानु अघि भदौं २३ गते महानगरका प्रमुख कार्यकारीसहित ६ जनाको टोली लिएर शाक्य दक्षिण कोरियाको थेजन शहरमा स्मार्ट सिटी अध्ययनका लागि पुगेका  थिए । कोरियाबाट फर्के लगत्तै  शाक्य चार दिनका लागि  स्पेनमा गएका हुन् ।
शाक्यले एनआरएन क्षेत्रिय कमिटी म्याड्रिडले गरेको कार्यक्रममा विहिबार सहभागि भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप