शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनको विश्व सम्मेलनका लागि पुष्प थापा उपाध्यक्षका आकांक्षी

शुक्रबार, ०६ असोज २०७४, १४ : ५८
शुक्रबार, ०६ असोज २०७४

काठमाडांैँ । गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि जर्मनीबाट पुष्प थापाले उपाध्यक्ष पदको आकांक्षा देखाएका छन् । 

गैर आवासीय नेपाली संघको सल्लाहकार र विधान मस्यौदा समिती सदस्य समेत रहेका थापा लामो समयदेखि जर्मनीमा बस्दै आएका छन् । 

जर्मनी युवतीसंग विहे गरेका थापा अर्घाखाचीमा जन्मेका हुन् । नेपाली कांगेससंग नजिक रहेका थापाले सातौँ विश्व सम्मेलनमा महासचिव पदमा उम्मेदवारी दिएका थिए । 

काँग्रेस नजिकको महासचिवलाई हराउन थापाले मुख्य भुमिका खेलेको भन्दै नेपाली कांग्रेसको प्रवासी संगठनहरुमा चर्चा भएको थियो । 

कांग्रेस नजिक रहेकी महासचिवको उम्मेदवार रन्जु थापालाई हराउन थापाले अन्तर्घात गरेको भन्दै कांग्रेसीहरु उनीसँग रुष्ठ भएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप