शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको मिलेमतोमा बाणिज्य बैंकमा राखेको ४० लाख गायब

शुक्रबार, ०६ असोज २०७४, १६ : ०२
शुक्रबार, ०६ असोज २०७४

बिराटनगर – कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर लाखौँ रुपैया अपचलन गरेको खुलिसकेपनि राष्ट्रिय बाणिज्य बैंकबाट क्षतिपुर्ति नपाएपछि एक ग्राहकको मारमा परेका छन् ।  

महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको ४० लाख रुपैया कर्मचारीकै मिलेमतोमा गायब परिएको खुलिसक्दा पनि बैंकले   क्षतिपुर्ति नदिएपछि उनी पर्नु मारमा परेका हुन ।   


उनका अनुसार पहिले क्षतिपुर्ति दिन्छु भनेर कतै उजुर नगर्न र मिडियामा नजान आग्रह गर्ने बैंकका अधिकारीहरु अहिले आरोपीत कर्मचारीहरुलाई जोगाएर पिडित ग्राहकलाई क्षतिपुर्ति दिन नपर्ने योजनामा लागिपरेका छन । 

ग्राहक सिंहले राष्ट्रिय बाणिज्य बैंकको बचत हिसाव खाता नम्बर ८०३९४ मा  जम्मा गरेको चालिस लाख रुपैया कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर सर्लाहीको बर्दीबास ,लालबन्दि अनि  सिरहाको मिर्चेया शाखाबाट १० भदौ  २०७१ मा  एकै दिन निकालेर गायब पारिएको थियो । ८ भदौ २०७१ म ग्राहक सिंहले महोत्तरीको जलेश्वर शाखाबाट २६ लाख रुपैया आफैले सक्कली हस्ताक्षर गरेर निकालेका थिए । त्यसपछि उनले रकम निकालेका थिएनन । खातामा चालिस लाख रुपैया मौज्दात बचत रहेको थियो । 

२०३७ सालदेखी खाता खोली रकम जम्मा गर्दै आएको बैंकमा आफनो बचत सुरक्षित  रहेको ठानिरहेका ग्राहक सिंहले हरेक बर्ष सरकारलाई सम्पत्ती बिबरण  बुझाउने क्रमममा बैंकमा रकमको बिबरण बुझन जाँदा मात्र १६ भदौ २०७२ मा आफनो  खाताबाट रकम गायब भएको जानकारी पाएका थिए । ग्राहक सिंह आफनो खाताको रकम बुझन बिराटनगर ट्राफिक चौक स्थित राष्ट्रिय बाणिज्य बैंकको शाखामा जाँदा मौज्दात २२ हजार मात्र भएको जानकारी पाएका थिए ।  

बैंकको खातामा जम्मा गरेको रकम एक्कसी गायब भएपछि आफनो हराएको रकम दिलाइदिन आग्रह गर्दै ग्राहक सिंहले राष्ट्रिय बैंकको केन्द्रिय कार्यालय सम्म हारगुहार गरेका थिए । उनका अनुसार बैंकका उच्च अधिकारीहरुले हराएको पैसा व्याज सहित फिर्ता दिलाउने बिश्वास दिलाउँदै कतै उजुर नगर्न र मिडियामा नजान आग्रह गरेका थिए । जग्गा बिक्रि गरेर अनि नोकरीबाट बचाएर कमाएको पैसा सुरक्षित बचतकालागि बिश्वासिलो बैंकमा राखेको तर सबै रकम  बैंकबाटै गायब भएपछि ईन्तु न चिन्तु बनेका सिंह बैंकले पैसा फीर्ता दिने भनेपछि आश्वस्त बनेका थिए । 

तर एक बर्ष बितिसक्दा समेत बैंकले हराएको पैसा फिर्ता  दिनुको साटो उल्टै कर्मचारी जोगाउनपट्टि लागेको थाहा पाएपछि  बिगो र व्याज सहितको क्षतिपुर्ति माग गर्दै उनले ६ जेठ २०७३ मा बैंकको जलेश्वर शाखामा निबेदन दिएका थिए । तर सुनवाई नभएपछि ९ असार २०७३ मा बैंकिङ कसुरमा रकम खोजी दोषीलाई कार्बाही माग गर्दै केन्द्रिय अपराध अनुसन्धान व्युरो –सिआइबी) मा जाहेरी दर्ता गराएका थिए । त्यसपछि २०७४ भदौ पहिलो हप्ता                                                                                                                               
बर्दिबास शाखाका बरिष्ठ सहायक बर्दीबास नपा ८ का ४८ बर्षिय जगदीश काफले र काभ्रे धुलिखेल नपा ११ का अम्बिका पौडेललाई प्रहरीले २०७४ भदौ पहिलो हप्ता पक्राउ गरेको थियो । सोही घटनामा केही दिनपछि रावा बैंक जलेश्वर शाखाका कम्पुटयर सहायक महेन्द्र शाह पनि पक्राउ परेका थिए । हाल शाह जमानतमा छाडिएको र काफले र पौडेलमाथि अनुसन्धान भैरहेको महोत्तरी प्रहरीले जनाएको छ ।  

आफुले ईस्यु नगरेको चेक प्रयोग गरेको र सही पनि बिल्कुल फरक गरेर लाखौ रकम निकालिनुमा कर्मचारीको मिलेमतो प्रस्ट भएकोले गायब रकमको  जिम्मा बैंकले नै लिनुपर्ने र  आफुलाई बिगो अनुसारको व्याज सहित क्षतिपुर्ति दिनुपर्ने माग ग्राहक सिंहको छ ।  तर बैंकले आफुलाई क्षतिपुर्ति दिनुको साटो उल्टै कर्मचारीलाई निर्दोष बनाउन बैंक लागिपरिरहेको उनले बताए । मिलेमतोमा कसुर गर्ने कर्मचारीले अदालतबाट सफाई पाए भने बैंकबाट उनले क्षतिपुर्ति पाउने छैनन । पिडित ग्राहक सिंहले भने ,– ‘जीवन भरको कमाई बैंकमा बिश्वास गरेर जम्मा गर्दै गइयो तर बैंकबाटै लाखौ रकम हराएपछि अब बैंकमा पनि बिश्वास  गर्न नसकिने भो ।’ २०३७ सालमा राष्ट्रिय बाणिज्य बंक जलेश्वर शाखामा खाता खोलेर ग्राहक सिंहले कारोवार गर्न थालेका थिए ।  

बैंकमा दुखले बचत गरेको चालीस लाख रुपैयाले छोराछोरीलाई उच्च शिक्षा पढाउने , बिहेदान गर्ने र घर बनाउने आफनो सपना सबै चकनाचुर भएको सिंहले बताए । उनले अपराधको अनुसन्धान गरेर दोषी कर्मचारीलाई कार्वाही गराउन र आफुलाई क्षतिपुर्ति दिलाउन बाणिज्य बैंक केन्द्रिय कार्यालय, राष्ट्र बैँक, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेका छन ।   
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप