बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई माधवको प्रश्न : एमाले कसको निर्देशनमा चल्दैछ ?

शुक्रबार, ०६ असोज २०७४, १७ : ०५
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीको गलत निर्णयले पार्टीले ठूलो क्षति व्यहोरेको बताएका छन् । 

शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीको चर्को आलोचना मात्रै गरेनन्, पार्टी नै विधि र विधान विपरित चलाइरहेको आरोप पनि लगाए । 

पहिलो दिनको बैठकमा आफ्नो धारणा राख्दै नेता नेपालले माओवादीसँगको एलाइन्स तोड्ने र प्रचण्डलाई प्रम नबनाउने तत्कालिन एमालेको निर्णयले सिंगो पार्टीले क्षति ब्यहोर्नु परिहेको सुनाए । ‘त्यसवेलाको निर्णयमा कमजोरी भएकै हो, स्थानीय तह निर्वाचनमा त्यसको असर प्रश्ट देखियो,’ नेपालले भने ।

दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’

नेता नेपालले गुटका आधारमा पार्टी चलिरहेको पनि बताए । उनले भने‘गुटबन्दी बढेको छ । गुट र कोटरीका आधारमा पार्टी चलेको भान भैरहेको छ । यतिसम्मकी पार्टीको बैठक विधि र विधान बमोजिम नबसी लहडका भरमा बोलाउने गरिएको छ ।’ 

नेता नेपालले माहाधिबेसनमा आफूलाई भोट हालेकाहरुलाई अध्यक्ष ओलीले पेल्ने गरेको बताए । उनले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा एमालेका त्यागीलाई भन्दा गुटका आधारमा बाड्दा एमालेले हार बेहोरेको भन्दै नेता ओलीको चर्को आलोचना गरे ।

यसअघि बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विचारका आधारमा चल्ने भन्दै विधि र विधानविपरित कुनै काम नगरेको बताएका थिए । 

बैठकमा अध्यक्ष ओलीले २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप