बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व राजाले दशैँमा सर्वसाधारणलाई टिका नलगाउने

शुक्रबार, ०६ असोज २०७४, १८ : ४१
शुक्रबार, ०६ असोज २०७४

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले यस वर्ष विजायदशमीको दिन सर्वसाधारणहरुलाई टिका नलगाइदिने भएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व राजाले यस वर्ष टिका नलगाइदिने जानकारी दिएका हुन् ।

पूर्व राजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ :
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट केहि हप्ता आराम गरिबक्सनू पर्ने परामर्शलाई ध्यानमा राखी र देशका विभिन्न भागमा हालै आएको प्राकृतिक प्रकोपले नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थिती समेतलाई रष्ट्रिगत गरि मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ती पीठहरुमा दर्शन गरिबक्सने र विजया दशमीका दिन टिका बक्सने कार्यक्रम नहूने व्यहोरा जानकारी गराइन्छ । साथै मौसुफबाट आपmनो प्रार्थना, चिन्ता र चासो नेपालीहरुको समग्र हित र समून्नतीको लागी मात्र रहेको समेत व्यतm गरिवक्सेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप