शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा जंगली हात्ती मृत फेला, दार र पुच्छर गायव

शुक्रबार, ०६ असोज २०७४, २१ : ३६
शुक्रबार, ०६ असोज २०७४

उदयपुर– उदयपुरमा एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका ८ मा पर्ने सिसौली वन क्षेत्रमा पर्ने माछापुच्छे सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा जंगली हात्ति मृत्यु भएको अवस्थामा फेला परेको छ । 

शुक्रबार दिउँसो स्थानीय सर्वसाधरणले फेला मृत फेला पारेको जंगली हात्तीको पुच्छर र दारा भने गायव रहेको स्थानीयले बताए । 

मृत्यु भएको जंगली हात्तीको दार र पुच्छरको लागि हात्ति मारिएको आशंका स्थानीय सर्वसाधरणले गरेका छन् ।    मृत हात्ती नजिकै सशस्त्र प्रहरी वलको वेस क्याम्प रहेको छ । 

जिल्ला प्रहरी प्रमुख नवराज भट्टले एउटा जंगली हात्ती मरेको जानकारी आएकाले त्यसतर्फ प्रहरी र वन कार्यलयका कर्मचारी समेत खटिएको जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप