बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाउन्ने पूर्व बन्यो नवलपुर जिल्ला, सदरमुकाम कावासोती राख्ने निर्णय

शुक्रबार, ०६ असोज २०७४, २२ : ०९
शुक्रबार, ०६ असोज २०७४

परासी– संविधानअनुसार दुई प्रदेशमा विभाजित भएको नवलपरासीको दाउन्ने डाँडा पूर्वलाई नवलपुर जिल्ला नामाकरण गर्ने निर्णय भएको छ । प्रदेश संरचनामा दाउन्ने पूर्व प्रदेश ४ मा पर्दछ भने दाउन्ने पश्चिम प्रदेश ५ मा रहेको छ । 

प्रदेश नम्बर ४ मा  पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ । कावासोतीमा शुक्रबार साँझ सम्पन्न ८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र स्थानीय विकास अधिकारीसहितको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । 

विभाजित जिल्ला सभाको बैठकको निर्णय अनुमोदन गरिदिन सरकारसँग माग गर्ने पनि निर्णय गरिएको छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भइसक्दासमेत सरकारले प्रदेश नम्बर ४ र ५ मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको छैन । 
दुईवटा प्रदेशमा विभाजन भएको यो जिल्लामा सरकारले दुई जना स्थानीय विकास अधिकारी खटाएको छ । 

शुक्रबार सम्पन्न पहिलो जिल्ला सभाले ९ सदस्य रहेको जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप