शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस र माओवादी गठबन्धन भएको मिथिला नगरपालिकामा एमाले बिजयी

शुक्रबार, ०६ असोज २०७४, २२ : ५२
शुक्रबार, ०६ असोज २०७४

धनुषा– सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेर र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको मिथिला नगरपालिकामा एमाले विजयी भएको छ । 

मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएका हुन् । 

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार महतोको ५ हजार १ सय ७८
मत प्राप्त गरे । 

यस्तै, उपमेयरमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छन् । बस्नेतले ६ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीको मीनबहादुर जर्घामगरले  ६हजार ३ सय ३८ मत प्राप्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप