बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरी गराउन अस्पताल पुगेकी महिला दुई महिनादेखि  शैयामा, बच्चाको २१ दिनमा मृत्यु

शनिबार, ०७ असोज २०७४, १२ : ३५
शनिबार, ०७ असोज २०७४

विराटनगर–सफल सुत्केरी गराएर केही दिनमै घर फर्कने आशा लिएर अस्पताल भर्ना भएकी एक महिला दुई महिनादेखि अस्पतालमा छिन् । 
तीन वटा अप्रेसन गराएर पनि उनलाई निको भएको छैन् । दुई महिनादेखी अस्पतालमै  सिकिस्त जीवन बाँच्न बाध्य भएकी छन् ।

१८ साउनमा सुत्केरी गराउन बिराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल टिचिंङ्ग अस्पालमा भर्ना भएकी विराटनगर महानगर १४ की २५ वर्षीया सञ्जुु साह सिकिस्त जीवन बाँच्न बाध्य भएकी छिन । तीनवटा अप्रेसन गरिसकेपछि अझै अस्पतालकै शैयामा छिन् ।

व्यथाले च्यापेपछि श्रीमान पवनसँगै सुत्केरी गराउन नोबेल अस्पताल पुगेकी सञ्जुुले भर्ना भएर अप्रेसनबाट छोरा जन्माइन् । तर,  सन्तान जन्माउन सफल भएपनि उनी भने झन् सिकिस्त बनिन् । सिकिस्त बनेपछि सञ्जुुलाई आइसियुमा राखियो । आमाको दुघ चुस्न नपाइकन छोराको २१ दिनमै मृत्यू भयो ।
 तर, अझैसम्म आमा सञ्जुको अबस्था उस्तै छ । उनि नोवेल अस्पतालको हाडजोर्नीं छिन । उनका पती पवनले उपचारका क्रममा चिकित्सकले गम्भिर लार्पाबाही  गरेको आरोप लगाएका छन् । 

‘छोरा जन्मे पछि आमालाई झन्झन् साह्रो हुन थाल्यो । कम तौलको बच्चा जन्मिएको भन्दै चिकित्सकले एनआइसियूमा बच्चा भर्ना गरिदिए, छोराको पनि २१ दिनका दिन मृत्यू भयो आमाको हालत झन् झन् बिग्रदो छ यो सबै अस्पतालको लार्पाबाहीले गर्दा भएको हो,’ श्रीमान पवनले भने ।

उनका अनुसार डेलिभरिको समयमा डक्टरहरुले सुई लगाएपछि श्रीमतीको अबस्था नाजुक बन्दै गएको हो । करिब दुई महिनाको अवधिमा सञ्जुको खुट्टा, घुँडा, पेट र छातीको अप्रेसन भैसकेको छ । तर, उनी अझै ठीक भएकी छैनन् ।
अस्पतालका प्रबन्ध निर्देशक नारायण दहालले उपचारमा अस्पताल र चिकित्सककोतर्फबाट कुनै लार्पावाही नभएको दाबी गरे । उनका अनुसार सञ्जुलाई पहिलेदेखी नै ढाड दुख्ने समस्या रहेको र अप्रेसन गरेर बच्चा जन्माउनु परेको थियो । अप्रेसन गरेर जन्मिएको बच्चा नरोएपछि आइसियूमा भर्ना गरिएको उनको भनाई छ ।

चिकित्सकहरुले अथक प्रयास गर्दा पनि बच्चा बचाउन नसकेको र २१ दिनमा मृत्यू भएको हो । प्रबन्धक दहालले चिकित्सकलाई उद्धृत गर्दै भने, ‘सञ्जुलाई अर्थराईटिस मस्कुलर पेन अर्थात हडी र मासु दुख्ने समस्या भएको हो पहिले दुवै खुट्टा चल्दैन थे अहिले चल्न थालेका छन स्वास्थ्यमा सुधार हुँदैछ ।’ प्रबन्धक दहालले सञ्जुको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै आइसियु र बेडको शुल्क पनि मिनाहा गरिदिएको जानकारी गराए । 

यता सञ्जुका श्रीमान पवन साहले चाँही उपचारमा अस्पतालको लार्पाबाही भएको भन्दै छानबिनको माग गरेका छन । उनले आफनो फेसबुक वालमा अस्पतालका चिकित्सकको लार्पाबाहीले बच्चाको मृत्यू भएको र आमाको स्वास्थ्य स्थिति पनि नाजुक अबस्थामा पुगेको भन्दै दशैमा शुभकामना दिन नसक्ने बताएका छन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप