बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देवेशलाई सातौ खुल्ला पौडी प्रतियोगिताका उपाधी

शनिबार, ०७ असोज २०७४, १२ : ५१
शनिबार, ०७ असोज २०७४

पोखरा–एपिएफ क्लबका देवेश मानन्धरले पोखरामा सम्पन्न सातौ खुल्ला पौडी प्रतियोगिताको उपाधी हात पारेका छन् । 
नेपाल पौडी संघको तत्वावधान तथा कास्की जिल्ला पौडी संघको आयोजनामा पोखराको फेवा तालमा भएको २.५ कि.मि.को दुरी २१ मिनट ०४.०१ सेकेन्डमा पुरा गर्दै उक्त उपाधी हात पारेको हुन् । उनले नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो स्थानमा एपिएफकै सुभम श्रेष्ठ रहे । उनले २१ मिनट ०४.०७ सेकेन्डमा दुरी पार गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका रुद्र कटुवालले २१ मिनट ५०.९६ सेकेन्डमा दुरी पार गरे । दोश्रो र तेश्रो हुनेले नगद १५ र १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पोखरामा पौडी खेलको विकास र विस्तर गर्ने उद्धेश्यले नेपाल पौडी संघको पहलमा विगत ८ बर्ष देखि माछापुच्छ«े कप तथा खुला पौडी प्रतियोगिता आयोजना गर्दे आई रहेको संघका अध्यक्ष अशोक बज्राचार्यले बताए । 
प्रतियोगिताको महिला तर्फ पोल्याण्डकी भेनिसा ज्वीक २५ मिनट ००.३४ सेकेन्डमा साथ पहिलो हुन सफल भईन् । दोश्रो स्थानमा उपास्ती महर्जन र तेश्रो स्थानमा अनुष्का पोखरेल रहे । उनीहरुले उक्त दुरी २५ मिनट ४७.३१ सेकेन्ड र २६ मिनट ५६.९२ सेकेन्डमा पार गरे । पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः ८ हजार ५ हजार र ३ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । 
यसैगरि कास्की जिल्लाको लागि भएको स्थानिय प्रतियोगितामा कास्कीका धनमान गुरुङ २७ मिनट ३१.५० सेकेन्डमा साथ पहिलो भए । दोश्रो स्थानमा रहेका अर्जुन नेपालीले ३१ मिनट ५०.९९ सेकेन्ड र तेश्रो भएका दिपेन्द्र खड्काले ३६ मिनट २९.२५ सेकेन्डमा दुरी पार गरे । विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र र क्रमश नगद ८, ५ र ३ हजार प्राप्त गरे । 
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक सुवोध अधिकारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । 
प्रतियोगितामा दुई विदेशी सहित १ सय ४० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप