शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन विधेयकमाथि ३० वटा संशोधन

शनिबार, ०७ असोज २०७४, १३ : ०३
शनिबार, ०७ असोज २०७४

काठमाडौँ -राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बँुदामा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । 

व्यवस्थापिका–संसद् विधेयक शाखाले दिएको जानकारीअनुसार सत्तारुढ दलद्वय नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० तथा तराई मधेशलगायत केही साना दलका सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । 

असोज ३ गते बसेको व्यवस्थापिका–संसद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले ती तीन विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन असोज ६ गते शुक्रबार बेलुकासम्मको समय निर्धारण गरिएको थियो । 

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा २३ सांसदको १३, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा १८ सांसदको १० र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयकमाथि २४ सांसदको ७ संशोधन रहेका शाखाले जनाएको छ । 

प्राकृतिक विपद् व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित बनाउन र राहत तथा पुनःस्थापनाको कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाउन विपद् व्यवस्थासम्बन्धी नयाँ विधेयक गृह मन्त्रालयले ल्याएको थियो । 

यसैगरी नयाँ संविधानअनुसार राष्ट्रिय सभा सदस्य तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नयाँ विधेयक आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप