शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिज भएको २४ घण्टा नबित्दै लिक भयो सबैले रुचाएको यो फिल्म

शनिबार, ०७ असोज २०७४, १२ : ५९
शनिबार, ०७ असोज २०७४

राजकुमार रावको फिल्म न्यूटन शुक्रबार मात्रै रिलिज भएको थियो । आलोचक र दर्शकले फिल्मको निकै तारिफ गरे । न्यूटनलाई हिजो नै भारतको तर्फबाट उत्कृष्ट विदेशी फिल्म क्याटगोरीमा समावेश गरिएको छ । तर रिलिजको २४ घण्टापछि नै फिल्म पाइरेसीको शिकार भयो ।

रिपोर्टका अनुसार फिल्मको एचडी भर्सन अनलाइन थुप्रै वेबसाइटमा हालिएको छ । सुरुमा फिल्मको मध्यम कपी अनलाइन देखिएको थियो तर पछि फिल्मको एचडी भर्सन लिक गरियो । यो लिंकलाई सोसल मिडियामा निकै तिब्र रुपमा सेयर गरिँदै छ ।

२४ घण्टाभित्र फिल्म अनलाइन लिक हुनु निर्माताका लागि समस्याको कारण बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप