शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माध्यमिक शिक्षा सुधार परियोजना सञ्चालनमा

शनिबार, ०७ असोज २०७४, १३ : ०५
शनिबार, ०७ असोज २०७४

सल्लेरी -गुणस्तरीय शिक्षाको विकास, विद्यालय सुशासन र त्यसको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सोलुखुम्बुमा “माध्यमिक शिक्षा सुधार परियोजना” सञ्चालनमा आएकोे छ । 

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रिड नेपाल० ले पहिलो चरणमा जिल्लाका सात माध्यमिक विद्यालयमा यो परियोजना सञ्चालन गरिएको परियोजनाका शिक्षा विकास संयोजक तोयाप्रसाद अम्मैले जानकारी दिनुभयो । 

परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन र सुशासनका विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सङ्घका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकलाई तालीमको व्यवस्था गर्ने, शिक्षकको मूल्यांकन गर्ने, विद्यालयमा पुस्ताकालयको व्यवस्थापन गर्ने तथा विद्यालयको योजना, अनुगमन र मूल्यांकन प्रक्रियालाई बढी प्रभावकारी बनाउने खालका कार्यक्रम सञ्चालन गरिनेछन् । 

विद्यालयमा पुस्तकालयको स्थापना र त्यसको उचित व्यवस्थापन गरी बालबालिकालाई पुस्तकालयमा गएर अध्ययन गर्ने बानीको विकास गराउनमा समेत परियोजनाले सहयोग गर्नेछ । 

परियोजना लागू भएका सात वटै विद्यालयमा अभिभावकको संलग्नतामा दैनिक सहयोग तथा अनुगमन समिति गठन गरिसकिएको रिड नेपालले जनाएको छ । 

हिमालयन ट्रष्ट न्यूजिल्याण्डको आर्थिक सहयोगमा शुरु भएको यो परियोजना हालका लागि एक वर्षे अवधिको हुने संयोजक अम्मैले जानकारी दिनुभयो । 

केदार माध्यमिक विद्यालय नेचा, सिंहकाली माध्यमिक विद्यालय तिङला, गार्मा माध्यमिक विद्यालय गार्मा, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङ र छेस्काम माध्यमिक विद्यालय छेस्काममा यो परियोजना सञ्चालन भएको रिड नेपालले जनाएको छ । 
––– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप