शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपी फिल्म निर्माताले गरे आत्मसमर्पण

शनिबार, ०७ असोज २०७४, १३ : २९
शनिबार, ०७ असोज २०७४

बलिउड फिल्म निर्माता करिम मोरानीले बलात्कारको मुद्दामा शनिबार तेलंगाना पुलिससामू आत्मसमर्पण गरेका छन् ।

मारानीले ‘दामिनी’, ‘राजा हिन्दुस्तानी’, ‘रा.वन’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । मोरानीमाथि सन् २०१५ मा दिल्लीकी एक महिलामाथि मुम्बई र हैदराबादमा थुप्रै पटक बलात्कार गरेको आरोप छ ।

यसै वर्षको जनवरीमा पीडिताले मोरानीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । पीडित ब्याचलर अफ बिजनेस म्यानेजमेन्टकी छात्रा हुन् । मोरानीलाई शनिबार अदालतमा पेश गरिनेछ । उनको मेडिकल परिक्षण पनि गरिनेछ ।

पीडितका अनुसार मोरानीले मुम्बई र हैदराबादमा उनीमाथि थुप्रै पटक बलात्कार गरे । उनी फिल्ममा काम गर्न चाहन्थिन् । साथै, उनका अनुसार मोरानीले उनीसँग विवाह गर्ने बाचा पनि गरेका थिए ।

यसै वर्षको सुरुवातमा इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा पीडिताले भनेकी थिइन्, ‘मोरानीले सबैभन्दा पहिले जुलाई, २०१५ मा मुम्बईमा बलात्कार गरेका थिए । मलाई थाहा थिएन कि ममाथि के भइरहेको थियो । म तनावमा थिएँ र मैले यसबारे कसैसँग पनि कुरा गरिनँ । जब मैले उनको परिवारसँग कुरा गर्छु भनें तबपनि मोरानीले केही प्रतिक्रिया नदिएपछि मैले कानूनी लडाईं लड्ने सोच बनाएँ ।’

पीडिताले थपिन्, ‘उनले मलाई थुप्रै पटक ड्रग दिए र ममाथि बलात्कार गरे । उनले मेरो हत्या गरिदिने पनि धम्की दिए । साथै, मेरो नग्न फोटो सार्वजनिक गरिदिन्छु भनेर ब्ल्याकमेल गरे ।’

मोरानी सिनेयुग प्रोडक्शनका संस्थापन हुन् र शाहरुख खानका नजिकका मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप