बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं २ को पहिलो दलित मेयर : बिदेह नगरपालिकामा माओवादी बिजयी

शनिबार, ०७ असोज २०७४, १४ : ०९
शनिबार, ०७ असोज २०७४

जनकपुरधाम-प्रदेश नं.२ को ८ जिल्ला मध्ये धनुषाको विदेह नगरपलिकामा माओवादी केन्द्रबाट  बिदेह नगरपालिकामा पहिलो दलित उम्मेदवार मेयरमा निर्वाचित भएका छन् ।
धनुषामा माओवादी केन्द्रबाट निर्वाचित भएको बेचन दास तत्मा प्रदेश नं.२ को पहिलो दलित मेयर निर्वाचित भएका हुन् । दास २ हजार ७ सय ७० मत प्राप्त गरी बिजयी भएका हुन् । उनको निकतटम प्रतिद्धन्द्धी नेपाली काँगे्रसका प्रेमचन्द्र झाले  २६१४ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै निलमदेवी मण्डल विजयी भएकी छीन् ।मण्डल २६४९ मत प्राप्त गरी बिजयी भइन् । उनको निकटतम प्रतिद्धन्द्धी काँग्रेसको रुवी देवीले मण्डल २५२१ मत प्राप्त गरीन् ।
दलित बाट पहिलो मेयरमा निर्वार्चित भएका बेचन दास २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन एकराही गाविस वडा नं. ९ को अध्यक्षमा नेकपा एमालेबाट विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप